२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई राप्रपा सांसद जबराको आग्रह: अविलम्व जनताप्रति सचेत र सजग होउ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उहाँले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो । उहाँले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दु:ख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो । यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि दिन सक्दैन ? हामी संसदमा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ । आजको दशैँको बेला तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दशैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईहरुबाट अलिकति सुख खोजिरहेको छ ।’

सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उहाँले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताउनु भयो ।