९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुहाउँदा यी कुराहरुमा ध्यान नदिए पछुताइनेछ



अ+ अ-

काठमाडौं । हामी बाल्यकाल देखि नै नुहाउदै आइरहेका छौँ । तर यसमा केही कुरालाई ध्यान नदिए शरिरलाई नकारात्मक असर पर्न सक्छ । विषेशत स्वस्थ्य रहनका लागि हरेक दिन नुहाउन जरुरी पनि छ। दिनहुँ नुहाउने गर्दा शरीरमा फूर्ति आउँछ। साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्नको लागि नुहाउन जरुरी छ । त्यसैले नुहाउँदा केही कुरा ध्यान दिन जरुरी नै छ। 

नुहाउँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) गलत साबुनको प्रयोग नगर्ने
नुहाउनका लागि प्रयोग हुने साबुनमा तेल र क्लींजरको मात्रा हुनुपर्छ। गलत साबुनको प्रयोगले छालासँग सम्बन्धित समस्या नित्याउन सक्छ।

२) सफा तौलियाको प्रयोग
नुहाउँदा प्रयोग हुने तौलिया पनि समयसमयमा धोइरहनुपर्छ। तौलियालाई दिनहुँ घाममा सुकाउनुपर्छ। हप्तामा कम्तीमा २ पटक तौलिया धुनुपर्छ। पहिल्यै चिसो चिसो वा भिजेको तौलिया प्रयोग गर्नु हुँदैन।

३) नुहाउनु अघि र पछि बाथरुमको भेन्टिलेसन खुला राख्ने
बाथरुममा नुहाउनु अघि र नुहाइसकेपछि अनिवार्य रुपमा झ्याल तथा भेन्टिलेसन खुला राख्नुपर्छ। बाथरुममा हावाको आवतजावत राम्रो हुनुपर्छ।

४) अत्याधिक तातो पानी  प्रयोग नगर्ने
खासगरी जाडो महिनामा नुहाउँदा तातो पानी प्रयोग गरिन्छ। तर, अत्याधिक तातो पानीले छालामा इन्फेक्सन हुने, छाला सुक्खा हुने जस्ता समस्या देखिन सक्छ।

५) कपालमा दैनिक स्याम्पु नगर्ने
दिनहु कपालमा स्याम्पु प्रयोग गर्नाले कपालको चमक हराउन सक्छ। कपाल सुक्खा हुने सम्भावना पनि हुन्छ। स्याम्पु प्रयोग गरेपछि कन्डिशनर पनि प्रयोग गर्न जरुरी छ।

६) नुहाएपछि मोइस्चराइजर लगाउने
नुहाउने बित्तिकै शरीर सुक्खा हुन नदिन मोइस्चराइजर लगाउन अनिवार्य छ। यसले शरीर सुक्खा हुन दिँदैन।

७) यी ठाउँमा साबुन नलगाउने
काखी, कम्मर, पैतला, प्राइभेट पार्ट र अनुहारमा धेरै साबुन प्रयोग गर्नु हुँदैन।

८) घाउ नछोप्ने
यदि शरीरमा कुनै घाउ वा चोटपटक लागेको छ भने नुहाउने समयमा छोप्नु हुँदैन। सानो चोटपटक छ भने नुहाउँदा खुलै छोडेर पछि पट्टी लगाउन सकिन्छ।

(एजेन्सीको सहयोगमा)




भर्खरै