दीपक गौतम
रटोकियो, जापान । जापानको विदेश मन्त्रालयले म्यानमारमा पक्राउ परेका जापानी पत्रकारलाई अबिलम्ब रिहाइ गर्न माग गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोशिमिचुले विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा म्यानमारको सेनाले नियन्त्रणमा लिएका जापानी पत्रकार हिरोकी किताज़ुमीलाइ तत्काल रिहाइ गर्न आग्रह गरेका हुन् ।
पत्रकार गिरफ्तारको बिषयमा म्यानमारको सेनासंग वार्ता वा छलफल नहुने उनले प्रस्ट पारेका छन् । "जापानले म्यानमारका सन्दर्भमा सम्बाद मार्फत समस्याको समाधान खोज्ने नीति लिएको भन्ने सुनेको छु" पत्रकार हामामोतोले विदेशमंत्री मोतेगीलाइ प्रश्न सोध्दै भने "के पत्रकारको रिहाइका लागि पनि सम्बाद गर्ने योजना हो ?"
हामामोतोको प्रश्न पछि केहि आक्रोशित भएका विदेशमंत्री मोतेगीले भने "संवादको नीति लिएको भनेर कसले भन्यो ? पत्रकारले थपे "निहोनखेइजाइ सिनबुनको (जापानको आर्थिक पत्रिका) एउटा लेखमा यस्तै उल्लेख गरिएको थियो ।" विदेश मन्त्रीले तुरुन्तै जवाफ दिदै भने "त्यसो भए निहोनखेइजाइ सिनबुनलाइ सोध्नुस ।"
विदेशमंत्री मोतेगीको प्रस्तुतिले रिहाइको मागलाई ब्यवास्ता गरे जापान थप कठोर बन्ने संकेत गर्दछ । जापान भित्रै म्यानमार माथि प्रतिबन्ध लगाउन पर्ने आवाज चर्को छ।म्यानमारको सेनाले १८ तारिख साझ आफ्नै निवासमा बसिरहेका बेला हिरोकी किताज़ुमीलाइ नियन्त्रणमा लिएको थियो ।











