काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले पार्टी एकतालाई जोगाउनका लागि अग्रसरता लिन अध्यक्ष ओलीलाई आग्रह गर्दै एकताका लागि आफ्नो तर्फबाट सहयोग रहने बचन दिनु भएको छ ।
अध्यक्ष ओलीले नेता भट्टराई सहित २७ जनालाई कानूनी रुपमा नै कारबाहीको प्रक्रिया अघि बढाएपछि उहाँले बालुवाटारमा नै पुगेर अध्यक्ष ओलीसंग सम्बाद गर्नुभएको हो ।
नेता भट्टराईले दुवै पक्षबाट कमि कमजोरी भएको उल्लेख गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला अनुसार अघि बढ्न पनि अध्यक्ष ओली संग आग्रह गर्नुभएको थियो ।











