३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

समर्थन फिर्ताको ‘साँचो’ प्रचण्डलाई (भिडियो सहित)

समर्थन फिर्ताको ‘साँचो’ प्रचण्डलाई (भिडियो सहित)
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘वर्तमान केपी ओली प्रधानमन्त्री रहेको यो सरकारलाई हाम्रो पार्टीको समर्थन नरहेको बारेमा औपचारिक जानकारी दिने प्रश्न हो त्यो बारेमा कहिले दिने औपचारिक लिखित जानकारी भन्ने बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’ बैठकले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनताको रक्षा र लोकतान्त्रिक शक्तिहरुको एकता, कम्युनिष्ट आन्दोलनको रक्षालाई केन्द्रबिन्दुमा राखेर नीति, योजना र कार्यक्रमहरु अगाडी बढाउने र सोही आधारमा अन्य राजनीतिक पार्टी र सामाजिक शक्तिहरुसँग छलफल अगाडी बढाउने निष्कर्ष निकालेको पनि नेता श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘यो स्थायी कमिटीको बैठकले सिङ्गो राष्ट्रको एकता र राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुको एकता र संविधान र लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टहरुको एकता र कम्युनिष्ट आन्दोलनको रक्षालाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण नीति, योजना, कार्यक्रम र गतिविधि अगाडी बढाउने निष्कर्ष निकालेको छ । त्यस आधारमा नै अरु सबै राजनीतिक पार्टीहरुसँग, सामाजिक शक्तिहरुसँग, देशभक्त शक्तिहरुसँग छलफलको प्रक्रिया अगाडी बढाउने निष्कर्ष पनि निकालेको छ ।’

बैठकमा संशोधित विधानको मस्यौदामा स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राख्नुभएको थियो । संशोधित विधान मस्यौदालाई केन्द्रीय कार्यालयले अन्तिम रुप दिएर आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तावको रुपमा अगाडी बढाउने निर्णय पनि बैठकले गरेको छ । नेता श्रेष्ठले भन्नुभयो ‘हिजो नै विधान संशोधन कार्यदलले संशोधित विधानको मस्यौदा स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको थियो । त्यसमाथि छलफल जारी रहेकोमा आज सबै कमरेडहरुले, विधान संशोधन प्रस्ताव माथि आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको छ । त्यो सबै सुझावहरुलाई समेत ध्यान दिएर केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा तयारी गर्ने र केन्द्रीय कमिटीको प्रस्तावको रुपमा अगाडी बढाउने निर्णय गरेको छ ।’

सङ्गठनात्मक कार्यदलले संशोधित विधान मस्यौदाको आधारमा सङ्गठनात्मक कार्ययोजना तयार गरी आमामी स्थायी कमिटी बैठकमा पेश गर्ने तथा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार गरी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्ने र केन्द्रीय कमिटी बैठकमा प्रस्तावको रुपमा लैजाने निष्कर्ष पनि बैठकले निकालेको छ । नेता श्रेष्ठले भन्नुभयो ‘सङ्गठनात्मक कार्यदलले प्रस्तावित विधान संशोधन मस्यौदाका आधारमा आफ्नो सङ्गठनात्मक कार्ययोजना केही दिन पछाडीको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने र त्यसअनुसार सङ्गठनात्मक योजनालाई अगाडी बढाउने निर्णय पनि गरिएको छ । त्यसले सिङ्गै पार्टी सङ्गठन भित्र र पार्टीको भातृ सङ्गठनहरुमा सङ्गठनात्मक रुपमा सुदृढिकरणको नयाँ अभियान सञ्चालन गर्नेछ भन्ने हामिले विश्वास लिएका छौँ । 

अध्यक्ष कमरेडले यस अवधिमा सङ्गठनात्मक कार्यदलले सङ्गठनात्मक कार्ययोजना तय गर्ने अवधिमै केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गर्ने, त्यो राजनीतिक प्रतिवेदन स्थायी कमिटीको बैठकमा प्रस्ताव गर्ने, स्थायी कमिटीको बैठकले त्यसलाई केन्द्रीय कमिटीको बैठकको निम्ति प्रस्तावको रुपमा अगाडी बढाउने निष्कर्ष पनि निकालिएको छ ।’

कोभिड–१९ को बारेमा जनता समक्ष सचेतता अपनाउन र यसका विरुद्ध अभियान, जनचेतनामुलक र जागरण अभियान सञ्चालन गरी सहयोगको भूमिका निर्वाह गर्न पार्टीको सम्पूर्ण कमिटीलाई निर्देशन दिइएको पनि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘कोभिड–१९ को प्रकोप देशमा तिव्रता रुपमा अगाडी बढिरहेको छ ।

त्यस सन्दर्भमा आम जनसमुदायलाई पनि सचेतता अपनाउन र त्यसबारेमा अपनाउनुपर्ने सबै नम्र्सहरु अपनाउन अपिल गर्ने निर्णय गरेको छ । हाम्रो पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ को संक्रमणका विरुद्धको अभियान, जनचेतना र जागरण अभियान सञ्चालन गर्न र यसमा सहजीकरण र सहयोगको भूमिका निर्वाह गर्न पनि जोडदार निर्देशन दिएको छ ।’ कोभिड–१९ संक्रमणको अवस्थालाई नियालेर छिट्टै केन्द्रीय कमिटीको बैठकको मिति तय गरिने पनि उहाँले बताउनुभयो ।