३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नयाँ प्रजातिको कोरोना भाइरबाट कसरी जोगिने ?

नयाँ प्रजातिको कोरोना भाइरबाट कसरी जोगिने ?
अ+ अ-

नेपालमा नयाँ प्रजातिका कोरोना भाइरसको कारण हामी अप्ठ्यारो मोडमा पुगेका छौं | कन्ट्याक्ट ट्रेसिंग तथा समुदायमा परीक्षण नहुँदा पनि संक्रमितको संख्या तीब्रगतिमा बढिरहेको छ | यो बढोत्तरी निकै माथि पुग्ने स्वास्थ्य मन्त्रालयले पनि पटकपटक जानकारी गराएको छ | 

 छिमेकी देश भारतको स्वास्थ्य प्रणाली फेलरको अवस्थामा पुगेको छ | भारतसंग विश्वका अधिकांश देशले उडान बन्द गरेका छन् र भारतीय नागरिकको प्रबेशमा अस्थायी रोक लगाएका छन् | सरकारले यसतर्फ सोंच्नु जरुरी छ | सिमाना पुरै बन्द गर्नुको बिकल्प छैन | भारतमा अक्सिजन र औषधिको चरम अभाव हुँदैछ | तसर्थ सरकारले अक्सिजन तथा जीवनरक्षक औषधि स्टोर गर्नु जरुरी छ |

– दीर्घबिरामीले ६ महिना पुग्ने औषधि किनेर स्टक राख्नुहोला |

– सकभर घरभित्र बस्नुहोला | सम्भव भएसम्म घरबाहिर ननिस्कनुहोला |

– बालबालिकालाई घरभित्र नै राख्नुहोला | पसलमा तथा खेल्ने ठाउँमा नपठाउनुहोला |

– सानोतिनो समस्यामा अस्पताल / स्वास्थ्य केन्द्र / क्लिनिक नजानुहोला | पछि गर्न मिल्ने अप्रेसन सार्नुहोला |

– सकभर सार्वजनिक साधनको प्रयोग नगर्नुहोला | गर्ने परेमा डबल मास्क लगाएर तथा तथा स्यानिटाइजर प्रयोग गरिरहनुहोला |

– डबल मास्क लगाएर, दुरी कायम गरेर, भीडमा नगएर, भेटघाट / आवतजावत बन्द गरेर, भेन्टिलेसन पर्याप्त भएको ठाउँ प्रयोग गरेर तथा हात सफा गर्दै अत्यावश्यक काममा जानुहोला |

– प्रयोग गरेको मास्क खल्तीमा राखेर घरमा भाइरस नभित्र्याउनुहोला | जथाभावी मास्क नफाल्नुहोला | प्रयोग गरेको मास्क गाडेर वा फोहोरको थुप्रोमा राखेर असल नागरिकको दायित्व पुरा गर्नुहोला |

– सकभर घरबाटै काम गर्नुहोला |

– यो नयाँ प्रजातिको महामारी गतसालको भन्दा निकै संक्रामक तथा घातक छ | पोहोरसाल जस्तै पेलिन्छ भन्ने नसोंच्नुहोला |

– नयाँ प्रजातिको कारण बालबालिका, युवा तथा हरेक बर्गका व्यक्तिलाई निकै गाह्रो भएर अस्पतालमा भर्ना हुनुपरेको छ | हट्टाकट्टा व्यक्तिलाई पनि कोभिड निमोनिया भइरहेको छ |

– हामीले जनस्वास्थ्यका मापदण्ड पूर्णत पालना गरेनौं भने अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ | उपचार खर्चिलो, दुर्लभ तथा जोखिमपूर्ण बन्दैछ | तसर्थ रोकथामको लागि हरेक नागरिक जिम्मेवार हुनुको बिकल्प छैन |

– सरकारले समयसमयमा दिएका निर्देशन पालना गर्नुहोला | पाएसम्म खोप लगाउनुहोला |

– खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे संक्रमण हुनसक्छ | खोपले पुरानो प्रजातिको लागि काम गर्ने हो | नयाँ प्रजातिमा कम प्रभावकारी छ | खोप लगाएको व्यक्तिलाई संक्रमण भएमा गम्भीर हुने अवस्था सामान्यतया कम हुन्छ |

– हरेक टोल सुधार समिति, वडा, पालिका, क्लब, संस्था आदिले टोलटोलमा जनजागरणका कार्यक्रम संचालन गर्नुहोला |

– कोरोना भाइरस सबैभन्दा धेरै नाकबाट सर्छ | तसर्थ मास्क लगाउँदा नाक र मुख राम्रोसंग छोपिने गरि लगाउनुहोला \ तदनुरूप सल्लाह दिनुहोला |

– बैठक, भोजभतेर, जमघट नगर्नुहोला |

– परिवारमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुहोला | अहिले पुरै परिवार संक्रमित भएको अवस्था छ |

– कोरोना रोक्ने वा च्वाट्ट निको गर्ने कसैले भन्छ भने त्यो गलत हो | भ्रममा नपर्नुहोला |

– इम्युनिटी पावर बढाउने भनेर जथाभावी औषधि सेवन नगर्नुहोला | पोषिलो खाना, व्यायाम, आराम, निद्रा तथा तनाबरहित जीवनशैली नै आत्मबल बढाउने प्रमुख उपाय हुन् |

– कोरोना महामारीको बारे फैलाउने भ्रमको पछि नलाग्नुहोला | भ्रमको कारण संक्रमण धेरै बढेको छ |

– कोरोना संक्रमण हुन्छ कि भनेर नआत्तिनुहोला | आफुले सतर्कता अपनाएमा रोकथाम गर्न सकिन्छ |

– पिसिआर पोजिटिभ भएमा अत्यास नमान्नुहोला | तापक्रम, अक्सिजनको मात्रा नाप्ने, लक्षण अनुसारको औषधि सेवन गर्ने तथा गाह्रो भएमा अस्पताल जानुहोला | जथाभावी एन्टिबायोटिक लगायतका औषधि नखानुहोला | चिकित्सकको सल्लाह अनुरुप मात्र औषधिको सेवन गर्नुहोला | असम्बन्धित व्यक्तिले भनेको कुनैपनि औषधि सेवन नगर्नुहोला |

– एम्बुलेन्स, चिकित्सक तथा अस्पतालको फोन नम्बर राख्नुहोला | गाह्रो भएमा कुन अस्पताल जाने भनेर योजना बनाउनुहोला | यसले तनावलाई कम गर्छ |

– घरका जेष्ठ नागरिक, दीर्घबिरामी, अशक्त तथा बालबालिकालाई सकभर घरभित्र आइसोलेसनमा राख्नुहोला |

– कोरोना संक्रमण सर्ने आफन्त, साथी तथा छिमेकीबाट हो | प्रत्येक व्यक्तिलाई संक्रमित भएको ठानेर जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र भेट्नुहोला | लक्षण नदेखिने अवस्थामा यो रोग धेरैलाई सर्दछ |

– अनाबश्यक तनाब नलिनुहोला | यसको मृत्युदर कम छ | योजनाबद्ध रुपमा आफु तथा आफ्नो परिवारलाई सुरक्षित गर्नुहोला |

– हामी सबैले एकले अर्कोलाई सहयोग गरेर मानवताको उच्च उदाहरण बनौं | विषम परिस्थिति केहि समयपछि हट्छ | आगामी २ – ३ महिना धैर्य, संयम र सतर्क बनौं |

– सरकारले पुरै शक्ति लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, अस्पतालको क्षमता बढाउने तथा निशुल्क उपचारको प्रबन्ध गर्ने काम गरोस् |