काठमाडौं । लामो समय देखिको सम्बादहिनतालाई थाती राख्दै बुधबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्नुभएका एमाले बरिष्ठ नेता माधब नेपालले आज आफूनिकट नेताहरूसँग परामर्श गर्न लाग्नु भएको छ ।
अध्यक्ष ओलीसँग भएको दुईघण्टे सम्वादका बारेमा आफूनिकट नेताहरूसँग परामर्श गरी नयाँ कदम कसरी अघि बढाउने भन्ने बारेमा नेपालले परामर्स गर्न लाग्नु भएको हो । पार्टी केन्द्रीय कार्यलयको शिलन्यास कार्यक्रममा अनुपस्थित हुनु भएका नेता नेपाललाई १० गते बस्ने केन्द्रीय समितिको बैठकमा आउन र कुरा राख्न निमन्त्रणा दिनु भएको थियो ।नेता नेपालले भने समूहमा छलफल गरेपछि मात्र जबाफ दिने जानकारी गराउनु भएको थियो ।
आफूपक्षका नेताहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा नै सम्पर्क गरी फकाउन थालेपछि दबावमा पर्नुभएका नेता नेपाल बैठकमा गएर नै कुरा राख्ने वा समानान्तर गतिबिधि जारी राख्ने भन्ने दोधारमा हुनहुन्छ ।











