९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट फुल्ने वा डम्म हुने समस्याबाट यसरी छुटकारा पाउनुहोस्



अ+ अ-

काठमाडौं । समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको कारणले पनि हुनसक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका रोगहरुको कारणले पनि यो पेट डम्म हुने र फुल्न गर्दछ।

पेट फुल्ने तथा डम्म हुने समस्याको उपायहरु :

१) ज्वानो खानुहोस् : यसको प्राकृतिक डाइयुरेटिक गुणले पेटमा जमेको एक्स्ट्रा पानी र ग्याँसलाई तुरुन्तै निकाली दिन्छ ।

२) पानी धेरै पिउनुहोस् : दिन भरमा ८–१० गिलास पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ । पेट फुल्ने समस्याबाट राहत मिल्छ ।

३) दही खानुहोस् : यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ ।)

४) फाइबर धेरै हुने खाना खानुहोस् : गहुँको पिठो, दालहरु जस्ता फाइबर धेरै हुने खाना खानाले पेट सफा हुन्छ । ग्यास्ट्रिकको समस्या हुँदैन् ।

५) खाना राम्रोसँग चपाएर खानुहोस् : छिटोछिटो खाना खाने गर्नाले राम्रोसँग पच्दैन । ग्याँस बन्छ र पेट फुल्छ त्यसैले खाना राम्रोसँग चपाएर खानुहोस् ।

६) नरिवल पानी पिउनुहोस् : यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ । काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।

७) चिया कफि कम गर्नुहोस् : यसमा हुने क्याफिन र पोलिफेनोल्सले ग्यास्ट्रिक एसिड बनाएर पेट फुलाउँछ ।

८) सोडा वा कोल्ड ड्रिङ्क्स नपिउनुहोस् : यसमा हुने एसिडिक गुण र कार्वनडाइअक्साइड ग्याँसले पेट फुलाउँछ ।

९) नुन कम खानुहोस् : यसमा सोडियम हुन्छ जसले तरल पदार्थलाई सोसेर पेट फुलाउँछ ।

१०) पोटासियम धेरै हुने खानेकुरा खानुहोस् : केरा, पालक, मेवा, सुन्तला, टमाटर जस्ता फलफूल र सागसब्जी खानाले सोडियम ब्यालेन्स हुन्छ ।

११) कागती पानी : कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।

१२) अदुवा : खाएको कुरा नपच्ने ९अपच ० को औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।

१३) केरा : केरामा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा कम गर्ने कार्य गर्दछ ।

१४) फर्सी : यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ ।




भर्खरै