५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा हमासको आक्रमण, सयौं मारिएको आशंका



अ+ अ-

इजरायलमा शनिबार बिहानै प्यालेस्टिनी हमास समूहले गरेको जबर्जस्त आक्रमणबाट ७० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ ।

जवाफमा इजरायलले पश्चिमी गाजा क्षेत्रमा गरेको हवाई  प्रत्याक्रमणमा २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

रिपोर्ट अनुसार, अझै पनि केही इजरायली सैनिक र नागरिक हमास लडाकुको कब्जामा रहेका छन् । बन्धक बनाइएका इजरायली नागरिकलाइ हमासका लडाकूले प्यालेस्टिनी क्षेत्रतर्फ लगेका दृश्यहरू देखिएका छन् । तर कति मानिस हमासको कब्जामा छन् भन्ने स्पष्ट भइसकेको छैन ।

बन्धक बनाएका इजरायलीलाइ गाजा तर्फ लैजादै हमासका लडाकू । तस्वीरः एपी

हमासका लडाकूको गोलाबारी र गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्र लागेर घाइते ठूलो संख्यामा इजरायली नागरिक घाइते भएका छन् । अस्पताल स्रोतका अनुसार, झण्डै सात सय इजरायलीहरू अस्पतालमा भर्ना भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

हमासले गाजाबाट प्रहार गरेको क्षेप्यास्त्रबाट दक्षिणी इजरायलको एक पार्किङ क्षेत्रमा क्षतिग्रस्त सवारी साधनहरू । तस्वीरः एपी

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफ्नो मुलुक युद्धमा रहेको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिका समेतका पश्चिमा देशहरूले इजरायलले आत्मरक्षा गर्न पाउने बताइरहेका छन् भने केही देशले संयम अपनाउन आग्रह गरेका छन् ।