२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन् । 

समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा बिहीबार र शुक्रबार बिहान हिमपात भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । हिमपात भएपछि अत्यधिक चिसो मौसम हुने भएकाले कक्षाकोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिजो बिहानदेखि आज बिहानसम्म हिउँ परेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो । पढाउनै प¥यो ।  हिमतापका कारणले मौसम एकदम चिसो छ ।” हिमपातले चौँरी याक साथै पशुपालकलाई पनिसमस्या भएको स्थानीय पेमा शेर्पाले बताउनुभयो । ताप्लेजुङमा बिहीबार हिमपात हुँदा पाथीभरा क्षेत्रमा समेत हिउँ जमेको छ । बिहाबार ताप्लेजुङमा वर्षासँगै हिमाली क्षेत्र हिमपातले सेताम्य भएको छ । रासस




भर्खरै