काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरु मात्र राखी स्थायी समिति बनाउनु भएको छ । शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बरिष्ठ नेता नेपाल समूहका नेताहरुलाई नराखी स्थायी समिति गठन गर्नुभएको हो ।
हाल १८ सदस्य रहेको स्थायी समितिमा अन्यसदस्यहरु पछि थप गर्ने एक नेताले जानकारी दिनुभयो । नब गठित स्थायी समिति सदस्यहरुमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, किरण गुरुङ ,रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल रहनु भएको छ ।











