३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय
अ+ अ-

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउनुहुन्छ । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् । 

सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उहाँले जानकारी गराउनुभयो । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अवलोकनकर्ता नपठाउने गरी व्यवस्था मिलाइएको छ । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ भौतिक दूरी कायम गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अवलोकनकर्तालाई प्रवेश दिइएको बताउनुहुन्छ । कोरोनाका बिरामी बढ्न थालेपछि अवलोकनकर्ता पनि घट्न थालेको उहाँले सुनाउभयो । 
 
छाउनीमै रहेको मुद्रा सङ्ग्रहालयमा पनि फाट्टफुट्टमात्र अवलोकनकर्ता आउने गरेका छन् । सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको कार्यालय प्रमुख प्रतिमा रञ्जितले राससलाई जानकारी दिनुभयो । 
 
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिअन्तर्गत चलिरहेको नारायणहिटी सङ्ग्रहालयमा पनि १० दिनअघिदेखि आन्तरिक पर्यटक घट्न थालेका छन् । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हाल स्वास्थ्य मापदण्ड पालना गरेर सङ्ग्रहालय र गणतन्त्र स्मारक खुला गरिएको बताउनुहुन्छ । 
  
राजधानीका सङ्ग्रहालयमा विसं २०७६ चैत ११ गते बन्दाबन्दी जारी गरेपछिदेखि नै बाह्य पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकका भरमा चलेका सङ्ग्रहालय नयाँ भेरियन्टसहितको कोभिड– १९ का सङ्क्रमित देशका मुख्य शहरमा बढ्न थालेपछि आन्तरिक अवलोकनकर्ता पनि घट्दै जान थालेका छन् । रासस