काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ९८ पीसीआर र ८ सय ६६ एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ४९ जनामा र एन्टीजेन परीक्षणबाट १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । जसमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रवार मात्रै ४ सय १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस दिन ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।











