३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दमौली समाचार : ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न

दमौली समाचार : ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न
अ+ अ-

–कृष्ण न्यौपाने 
दमौली । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ । 

कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८,शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखैरेनी गाउँपालिकामा ६ सय १३, देवघाट गाउँपालिकामा चार सय ६३, घिरिङ गाउँपालिकामा दुई सय १३, म्याग्दे गाउँपालिकामा नौ सय ८७, र ऋषिङ गाउँपालिकामा तीन सय ९४ निजी आवास पुननिर्माण सम्पन्न भएको छ । 

इकाई प्रमुख जयप्रकाश गुप्ताका अनुसार भूकम्पबाट व्यासमा दुई हजार एक सय , भानुमा चार हजार छ सय ५०, शुक्लागण्डकीमा दुई हजार नौ, भीमादमा एक हजार एक सय ९७, म्याग्देमा एक हजार चार सय १२, बन्दीपुरमा एक हजार ६३, आँबुखैरेनीमा आठ सय १३, देवघाटमा ६ सय ३७, ऋषिङमा पाँच सय ६० र घिरिङमा तीन सय २४ घर पूर्ण क्षति भएका थिए । जिल्लामा निजी आवास पुनर्निर्माणका लागि रु ३५ अर्ब ९७ करोड ५० लाख खर्च भएको छ । हालसम्म १४ हजार नौ सय ६ लाभग्राहीले पहिलो र ११ हजार ९ सय ७६ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् । 

जिल्लामा १२ जना लाभग्राहीले पुनर्निर्माणका लागि रकम लिएकामा फिर्ता गरेका छन् । लाभग्राहीमा सूचीकृत भई सम्झौता गरेका उनीहरुले रकम फिर्ता गरेको गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जनाले रु ५० हजारका दरले रु पाँच लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी रु आठ लाख ५० हजार फिर्ता भएको छ । 

गुम्बा पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पनि पुनर्निर्माण जारी छ । तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बाको पुनर्निर्माण भइरहेको हो । 

प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६ सय २० को लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ । 

उहाँका अनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनर्निर्माण हुनेछ । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार चार सय ७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार पाँच सय ४५ बेहोर्नेछन् । बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६ सयको लागतमा पुननिर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६ सय उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् ।

एक सय २९ हातहतियार नवीकरण

चालु आर्थिक वर्ष ०७७-७८ को नौ महिनाको अवधिमा तनहुँमा एक सय २९ वटा हातहतियार नवीकरण गरिएका छन् । साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक सय २९ वटा हातहतियार नविकरण भएको हो । 

गत चैत महिनामा तीन वटा मात्रै हातहतियार नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । यसअवधिमा तीन वटा हातहतियार नामसारी गरिएका छन् । सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको स्वीकृतीमा हातहतियार राख्न पाउँछन् । त्यसको प्रत्येक वर्ष प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने व्यवस्था छ । 

यस अवधिमा प्रशासन कार्यालयमा २९ नयाँ संस्था दर्ता भएका छन् भने ६ सय पाँच वटा संस्था नवीकरण भएका छन् । चैतमा मात्रै ९ वटा नयाँ दर्ता र ४६ वटा संस्था नवीकरण गरिएको छ । 

कार्यालयले दुई सय ४२ जनालाई तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरेको छ भने एक जना शरणार्थका लागि यात्रा अनुमति पत्र सिफारिस गरेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ५२ मुद्दा दर्ता भएकामा गत आर्थिक वर्षको समेत गरी ७३ मुद्दा फछ्र्यौट भइसकेको छ । 

कार्यालयले गत चैत मसान्तसम्म सात हजार ६९५ वंशजको आधारमा र ८ वैवाहिक अङ्गिकृतको आधारमा नागरिकता वितरण गर्नुका साथै चार हजार २९१ प्रतिलिपि नागरिकता वितरण गरेको जनाएको छ । प्रशासन कार्यालयबाट दुई जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले यस अवधिमा २० पटक बजार अनुगमन गरेको छ । चैतमा मात्रै दुई पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयले यस अवधिमा रु दुई करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक प्रशासनिक दण्ड जरीवाना, अन्य प्रशासनिक सेवा शुल्कबाट कार्यालयले रु दुई करोड ३५ लाख २५ हजार सात सय राजश्व सङ्कलन गरेको हो ।  संस्था दर्ताबाट रु नौ लाख ८३ हजार एक सय २०, हातहतियारबाट रु ८५ हजार तीन सय ५०, राहदानी दस्तुरबाट रु दुई करोड तीन लाख ९५ हजार पाँच सय, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु २० लाख ५३ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार सात सय ३० राजश्व सङ्कलन भएको छ । रासस