२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बालविवाहसम्बन्धी मुद्दामा एक हजार व्यक्ति पक्राउ



अ+ अ-

एजेन्सी । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् , यद्यपि, यो शताब्दीमा भारतमा बालविवाहको सङ्ख्यामा नाटकीय रूपमा कमी आएको देखिन्छ ।

आसाम राज्यले गत फेब्रुअरीमा चार हजार जनालाई पक्राउ गरिसकेको थियो, जसमा विवाहित दम्पतीका आमाबाबु र कम उमेरका विवाहमा हस्ताक्षर गर्ने रजिष्ट्रारहरू पनि सामेल थिए ।

राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले प्रहरीले बालविवाहविरूद्धको अभियानको दोस्रो चरण मङ्गलबार सुरु गरेको छ ।

उहाँले सामाजिक सञ्जाल एक्स ९ट्वीटर०मा लेख्नुभएको छ, “पक्राउ पर्नेको सङ्ख्या अहिले एक हजार ३९ पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”

सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने योजनासहित प्रशासनले नयाँ अभियान चलाएको शर्माले बताउनुभयो ।

भारतमा १८ बर्षभन्दा माथिको विवाहलाई कानुनी विवाहको मान्यता दिइएको छ तर विशेष गरी गरीब ग्रामीण क्षेत्रहरूमा लाखौं बालबालिकाहरु वैवाहिक बन्धनमा बाँधिन बाध्य छन् । थुप्रै आमाबाबुले आफ्नो आर्थिक सुरक्षा सुधार्ने आशामा आफ्ना छोराछोरीको कम उमेरमा नै विवाह गरिदिन्छन् ।

बालविवाह हुँदा खास गरी केटीहरूले आफ्नो विवाहपछिको घरमा परिवारका लागि खाना पकाउन, घरको सरसफाई र अन्य घरेलु कामकाजका लागि विद्यालय छोड्छन् । यसको परिणाम विनाशकारी हुन सक्छ, किनकि र सानै उमेरमा विवाह गरेर विद्यालय छोड्दा उनीहरूले शैक्षिक ज्ञान आर्जन गर्न सक्दैनन् र सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्य समस्याहरू पनि भोग्ने गरेका प्रशस्तै उदाहरण पनि देख्न सकिन्छ ।

सन् २०१७ को एक ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले बाल विवाहलाई दुरूत्साहन गर्न कम उमेरकी श्रीमतीसँग यौन सम्बन्ध राख्नु पनि बलात्कार भएको फैसला सुनाएको थियो । तर फैसलालाई भारतका अधिकांश पहाडी क्षेत्रमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन सकिएको देखिँदैन ।