काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप ८७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
गएको २४ घन्टामा ७ हजार ५ सय २५ पीसीआर तथा ११ सय ४३ एन्टिजेन परीक्षण भएको छ। यो सँगै हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँका ६४४, ललितपुरका १४१ तथा भक्तपुरका ८७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।











