३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वैशाख ११: लोकतन्त्रको विजय दिन

वैशाख ११:  लोकतन्त्रको विजय दिन
अ+ अ-

 काठमाडौ । तत्कालीन सात राजनीतिक दलले गरेको निरङ्कुश राजतन्त्रविरुद्ध आन्दोलनले विजय प्राप्त गरेको दिन वैशाख ११ अर्थात् लोकतन्त्र दिवसका रूपमा आम नेपालीले आजको दिनलाई स्मरण गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणको महामारीका कारण औपचारिक कार्यक्रम कमै भए पनि सारा नेपालीले यो दिनलाई निरङ्कुशताको पराजय र लोकतान्त्रको विजयका रूपमा सम्झना गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधिसभा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण भन्नुुुहुन्छ – प्रत्येक वर्षको वैशाख ११ नेपाली जनताले उत्सावकै रूपमा मनाउनुपर्ने शुभ दिन हो ।

लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र मात्र हुन्छ । वैशाख ११ गते घोषणाकै विकास क्रमले मुुलुक गणतन्त्रतर्फ उन्मुख मात्र नभई  जनता सार्वभौम भई लोकतन्त्रको स्थापना भएको घटना बताउँदै उहाँले भन्नुभयो,  “यो दिनलाई जसरी सम्झनुपर्ने हो । कोरोनाका कारण उत्सव मनाउन सकेनौँ ।  दुःख लाग्ने कुरा त्यही छ ।”

लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण नेपाली, सरकार, राजनीतिक दल एकताबद्ध भएर उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा यो बीचमा केही कमी कमजोरी भएको बताउँदै सभापति कर्णले भन्नुभयो, “राजा सर्बेसर्वा भइरहेको अवस्थाबाट नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट लोकतन्त्र स्थापित गरेको दिनको भावनालाई सबै राजनीतिक दलका नेतृत्वले  आत्मसात गर्न सकुन् ।”

नेकपा(माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाली जनताले अधिकार प्राप्तिका लागि ७० वर्ष निकै दुःख गरेको र अधिकार प्राप्तिका लागि उत्कर्ष चरणको दिनका रूपमा आजको दिनलाई लिइने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले उत्कर्ष र उदारताको भावनासहित आन्दोलनमा सहभागी भई नयाँ नेपालको परिकल्पना गरेका थिए, दलहरूले त्यसको उचित व्यवस्थापन, संयोजन र नेतृत्व गर्न नसकेको, अल्मलिएको, सच्चिनुपर्ने अवस्था देखिएको तथा जनताप्रति अझै प्रतिबद्ध हुनुपर्ने चुनौतीका रूपमा यो दिनलाई स्मरण गरेको छु  ।”

नेकपा९एमाले०का नेता एवं सांसद विजय सुब्बाले वर्षौदेखि लोकतन्त्र विपरीत शासन गर्दै आएका शासकविरुद्धमा भएको २०६२÷६३ को आन्दोलन वास्तवमा २०४६ सालपछिको सबैभन्दा ठूलो आन्दोलन रहेको र त्यसले नेपाली जनता र देशकै लागि पनि नयाँ बाटो खोलिदिए पनि जनतालाई दिने प्रभाव अझै प्राप्ति नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,  “निरङ्कुश राजतन्त्रलाई फाल्न त सफल भइयो तर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा जुन योग्यता हुनुपर्ने हो, त्यो योग्यता देखिएन, नेपाली नेतामा यति सारो सुझबुझको कमी, व्यक्ति स्वार्थ, देश र जनतालाई वास्ता नगर्ने चरित्र छ होला भनेर कल्पना पनि गरिएको थिएन ।”

लोकतन्त्रलाई संस्थागत गर्न जनता अझै सचेत हुन जरुरी रहेको बताउँदै सांसद सुब्बाले भन्नुभयो, “जनता र राजनीतिक दलमा लागेका कार्यकर्ता इमान्दार हुनुपर्छ, वर्तमान पुस्ता नेता आशा लाग्दो ढङ्गले हुर्किरहेको जस्तो देखिन्न । थोरै  इमान्दार छ । उसले देशका लागि काम गरे पनि प्रभाव पार्न सक्दैनन् । बहुमत सङ्ख्या भ्रष्ट र आत्म केन्द्रित भएका कारण अहिलेको गतिविधिलाई निहाल्दा अवस्था सङ्ग्लिन समय लाग्छ कि रु

निरङ्कुश राजतन्त्रविरुद्ध लोकतन्त्रका पक्षले राजालाई घुडा टेकाएको दिनका रूपमा स्मरण गरिने आजको दिनले आन्दोलनकारीबाट दरबार घेरिएपछि सेनालगायत सुरक्षाकर्मीले राजाको साथ छोडेपछि आन्दोलनले विजय हासिल गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनका बलमा लोकतन्त्र स्थापना भएपछि मुलुकमा गणतन्त्र, सङ्घीयता र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।

उक्त आन्दोलनका उपलब्धिका रूपमा जनतालको लामो चहानाअनुरूप संविधानसभाबाट वर्तमान नेपालको संविधान जारी भई लागू भएको हो । आन्दोलनका बलमा राजाले सदाका लागि सत्ता त्यागेको  दिनका रूपमा नेपाली जनताले आजको दिनलाई स्मरण गर्दै आएका छन् ।रासस