२२ असार २०८३, सोमबार
,
Latest
काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र दिवसका दिन शान्ति समाजको १४ जिल्लामा कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौं । १५ औँ लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७८ वैशाख ११ गते बुटवलमा लोकतन्त्र र सुशासन विषयका गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र स्थापनार्थ नागरिक समाज÷शान्ति समाजले निर्वाह गरेको भूमिका स्मरण गर्दै मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि शान्ति समाज सदैव क्रियाशील रहने बताउनुभयो । 

कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्ध बहादुर थापा, लुम्बिनी प्रदेश सभा सदस्य दीपा बिक, बरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाई, नेपाल बार एशोसियसन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, शान्ति समाजका सचिव मीना ढकाल, केन्द्रीय सदस्यहरु विष्णु भुसाल र दीलबहादुर कार्की, जिल्ला सभापति डिपी खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पत्रकार महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसी, मधेस मानव अधिकार गृहका अध्यक्ष रबी ठाकुर, अधिवक्ता बाबुराम पाण्डे, बुटवल उद्योग वाणिज्य संघकी जमुना पौडेल र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी लोकतन्त्र दिवसकै अवसरमा वैशाख ११ गते शान्ति समाजको रुपन्देही, मोरङ, संखुवासभा, चितवन, सुर्खेत शाखाले दिप प्रज्वलन र ललितपुर, बारा, स्याङ्जा, महोत्तरी, दाङ, पाल्पा, नवलपुर, अछाम र गुल्मी शाखाले अन्तरक्रियासहित चियापान कार्यक्रम आयोजना गरेका थिए ।