६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक
अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गर्नुभएको छ ।

मंगलबार सेनाको हेडक्वार्टर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उहाँले उक्त गीत तथा भिडियो सार्वजनिक गर्नुभएको हो ।

त्यसैगरी गीतको छायाङ्कन जीतबहादुर थापा र निरज पुडासैनीले तथा सम्पादन प्रकाश हुमागाई, किशोर दंगाल र रमेश विष्टले गर्नुभएको छ ।

युवा संगीतकार राजेन्द्र बजगाइले संगीत रहेको उक्त गीतमा नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको छ । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् ।

विशेष पौड्यालले निर्देशन गरेको भिडियोमा नेपाली सेनाद्वारा गरिएको विभिन्न साहसिक, मानवताका कार्यहरूको भिडियो फुटेज राखिएको छ । सो अवसरमा गीतकार श्रेष्ठले नेपाली सेनाले स्थापना कालदेखिनै देशको सेवामा दिएको योगदानको चर्चा गर्न मन लागेकोले गीत लेखेको बताउनुभयो ।

“देशको संविधानले दिएको विभिन्न जिम्मेवारी बहन गर्न नेपाली सेनाले आजसम्म कुनै कसर बाँकी राखेको छैन”, उहाँले भन्नुभयो, “नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरु तथा हाम्रा पुर्खाहरूको योगदान र बलिदानका बारेमा सबै नेपाली नागरिकको बुझाइमा एकरूपता पाइँदैन । म एक सैनिक भएको हिसाबले सधैँ यो विषयले घचघच्याई रह्यो ।”

अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याउन प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

https://www.youtube.com/watch?v=gNK1EUu9ZY4