• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

पेट्रोलियम पदार्थको मूल्य पहिलेकै कायम गर्न प्रधानमन्त्रीको निर्देशन



file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिनुभएको छ।

नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मूल्यसुची कायम गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको मन्त्री शर्माको भनाइ थियो ।

प्रधानमन्त्रीको निर्देशनसँगै अब केही समयमै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने पनि मन्त्रीले शर्माले बताउनुभयो ।