२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार पाँचौ दिन आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार पनि सुनको मूल्य घटेको छ । मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पाँचौ दिन आइतबार पनि घटेको हो ।

मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार आठ सय , बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय रुपैयाँले घटेको सुन आज पनि प्रतितोला आठ सय रुपैयाँले घटेको छ । लगातार पाँच दिनमा सुनको मूल्य प्रतितोला चार हजार दुई सय सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैँयाले घटी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।