९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य
अ अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको बिरोध गर्नुभयो । उहाँले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिले काहीँ यस्तो लाग्छ की, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे । सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ । त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ की कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्शन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’

उहाँले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताउनु भयो । उहाँले । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको बताउनु भयो । उहाँले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ट्राफिक नियमको यति धेरै उल्लंघन गर्छौं र सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेशा भनेकै ट्राफिक प्रहरी होला । छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लंघन गर्छ, उता पनि उल्लंघन छ । सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेशाहरुप्रति हामीले गौरव गर्नुपर्छ । हामीले उहाँहरुको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ । काठमाडौं उपत्यकाको सडक भनेको पहिला पाँच वटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले । अहिले दिनको १४ लाख भेकल गुडाउनुपरेको छ ।

वास्तवमा भन्ने हो भने बाटो नै छैन । काठमाडौंमा आजको १० वर्षपछिको स्थिति के होला ? भयावह स्थिति हुनसक्छ । मान्छेले सबैभन्दा ठूलो प्रगति गर्‍यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ । त्यो दिनहुँ दिन बढ्दै जान्छ । घट्ने सम्भावना छैन । सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका शहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्छ । तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ । त्यो पनि अर्ध सरकारी हो । त्यो बाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टेप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन ।’

उहाँले बिरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताउनु भयो ।