३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आइपिएल : जडेजाले घुमाए कोहलीको आरसिबीलाई

आइपिएल : जडेजाले घुमाए कोहलीको आरसिबीलाई
अ+ अ-

मुम्बईः चेन्नाई सुपर किङ्ग्स (सिएसके) का अलराउन्डर रवीन्द्र जडेजाको उत्कृष्ट ब्याटिङ र बलिङको मद्दतले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ६९ रनको विशाल अन्तरले पराजित भएको छ ।

इन्डियन प्रिमियर लिग अन्तर्गतको १९औं यस खेलमा जडेजाले ५ छक्का र ४ चौकाको मद्दतले २८ बलमा धुँवाधार ६२ रन बनाएका थिए । बलिङमा पनि उनले चार ओभरमा १३ रन मात्र दिएर ३ विकेट लिएका थिए । उनले खतरनाक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, एबी डि भिलियर्स वासिङ्टन सुन्दरलाई आउट गरेका थिए भने डान क्रिस्टियनलाई रन आउट पनि गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो । टिमका लागि जडेजाको ६२ रन बाहेक रुतुराज गैकवाडले ३३, फाफ डु प्लेसीले ५०, सुरेश रैनाले २४, अम्बाटी रायडूले १४ तथा कप्तान एमएस धोनीले २ रन बनाएका थिए ।

ठूलो विजय लक्षका साथ मैदानमा उत्रेको आरसिबीले यसअघिको फर्म देखाउन सकेन । नियमित अन्तरालमा आरसिबीका खेलाडी आउट भएका थिए । पूरै २० ओभर खेले पनि आरसिबीले ९ विकेटको क्षतिमा १२२ रन मात्र बनाउन सकेको थियो ।

आरसिबीका लागि कप्तान कोहलीले ८, देवदत्त पाडिकलले ३४, ग्लेन म्याक्सवेलले २२ रन बनाउनु बाहेक अरु खेलाडी सस्तैमा आउट भएका थिए ।

चेन्नाईका लागि इमरान ताहिरले पनि २ विकेट लिएका थिए ।

यो जितसँगै चेन्नाईले ५ खेलबाट ८ अंक बनाएको छ भने आरसिबीले पनि ५ खेलबाट ८ अंक नै बनाएर रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

आइतबारको दोस्रो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । दिल्लीले पहिले ब्याटिङ गरेर २० ओभरमा १५९ रन मात्र बनाएको छ ।

सनराइजर्सले १२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ८६ रन बनाएको छ । क्रिजमा केदार जाधव र केन विलियम्सन छन् । कप्तान डेभिड वार्नर ६, जोन्नी बेयरस्टो ३८ र विराट सिंह ४ रन बनाएर आउट भएका छन् ।