७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईतीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था



अ+ अ-

काठमाडौं । कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् । ‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ ।’

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्याउने गरेको छ । राजभण्डारीले दुई–तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१।५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्थ्यो भने दोस्रो लहरमा ५४।५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ । नागरिक दैनिकमा समाचार छ ।