४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता

छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता
अ+ अ-

छन्दु (चीन) : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

सिचुआन प्रान्तको छन्दु आइपुग्नुभएका प्रधानमन्त्री दाहालसँग यहाँ वाङले भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आजै छन्दु आउनुभएको हो ।

सो वार्ताका क्रममा प्रधानमन्त्री दाहालले छन्दु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्दछ भन्नुभयो । प्रधानमन्त्री दाहालले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उहाँहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताउनुभएको थियो । चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै यस पटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री दाहालले सो द्विपक्षीय वार्तामा बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताउनुभएको थियो । उहाँले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएकामा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताउनुभयो ।

सो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा सचिव सियाओइले रात्रिभोजको पनि आयोजना गर्नुभएको थियो । यसैबीच प्रधानमन्त्री दाहालले छन्दुमा रहेको पान्डा अनुसन्धान तथा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ । उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहनुभएको छ ।रासस