२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी घुमिरहन्छ भने हामी किन लड्दैनौं ?



अ+ अ-

एजेन्सी । पृथ्वीको बारेमा धेरै यस्ता जानकारी छन् जसको बारेमा थोरैलाई मात्र थाहा छ । प्राकृतिक सौन्दर्यसँगै पृथ्वीमा अन्य धेरै चिजहरु छन् । यी गोप्य कुराहरु तपाईलाई थाहा छैन । कतिपय खगोलीय घटनाहरू विज्ञानका कारण पत्ता लाग्छ तर ती चमत्कारभन्दा कम हुँदैनन् ।

वास्तवमा, हामी सबैलाई थाहा छ कि पृथ्वी गोलो छ र यो घुम्छ । तर हामीले महसुस गर्दैनौं । धेरैको मनमा प्रश्न उठ्छ कि हामीले यो किन महसुस गर्दैनौं ? मानिस सधैं आफ्नो ठाउँमा स्थिर कसरी रहन्छ, किन लड्दैन ?

तपाईंले यो प्रश्न धेरै पटक सुन्नु भएको छ । यसको उत्तर किताबमा पढेका धेरै मानिस होलान् । यद्यपि धेरैजसो मानिस यस्ता हुन्छन् जसलाई यो प्रश्नको उत्तर सायदै थाहा होला ।

यस्ता प्रश्नको जवाफ दिँदा धेरै पटक मानिसको मन अलमलमा परेको हुन्छ । यसैबीच, पृथ्वी आफ्नो अक्षमा घुमिरहन्छ तर पनि हामी किन आफ्नो स्थानमा स्थिर रहन्छौं भन्नेबारे यहाँ चर्चा गरौँ ।

पृथ्वी घुम्छ, तर हामी स्थिर रहन्छौं । यस प्रश्नको उत्तर जान्नको लागि, सबैभन्दा पहिले तपाईंले भौतिक विज्ञान बुझ्न आवश्यक छ । वास्तवमा, पृथ्वी आफ्नो अक्षमा २४ घण्टै १६०० किलोमिटर प्रति घण्टाको गतिमा घुम्छ ।

पृथ्वीको एउटै परिक्रमामा दिन र रात हुन्छन् । हामी यो महसुस गर्दैनौं, किनकि हामी पनि पृथ्वीसँगै घुम्छौं । हाम्रो वरिपरि सबै कुरा घुमिरहन्छ ।

पृथ्वीको गति स्थिर छ, अर्थात् यो उस्तै गतिमा घुमिरहन्छ, जसका कारण हामीले महसुस गर्दैनौं । यदि पृथ्वीको गति बढ्यो, घट्यो वा पृथ्वी रोकियो, हामीलाई झट्का लाग्छ र हामी यात्रामा थियौं भनेर बुझ्छौं ।

८०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्दा हामीलाई पत्तै हुँदैन, तर जब विमान तल आएर रोकिन्छ, हामीलाई झट्का लाग्छ । यात्राको क्रममा शरिरको तल्लो भाग उस्तै रहन्छ तर माथिल्लो भागमा जोडेले धक्का लाग्छ ।