४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोधीहरुसँग मिलेर कम्युनिस्टको खोल ओडेर बसेकाले छुरा घोपे – ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता जोगाउन लागेको भए पनि कम्युनिष्टहरुको खोल ओडेकाले नेकपा पार्टी फुटाएको आरोप लगाएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । आफू नेतृत्वको सरकारले गरेको कामले विरोधीहरु आत्तिएको बताउँदै ओलीले एमाले सँगमात्रै समस्या समाधान गर्ने तागत भएको जिकिर गरे ।

ओलीले भने ‘अहिले कम्युनिष्ट एकता भनेर हिँड्दै छन् । अब उनीहरुलाई कसैले पत्याउँछ ? दुनियाँमा हल्ला छ अदालतले पार्टी फुटायो भन्ने पार्टी अदालतले होइन प्रचण्ड र माधव नेपालले फुटाएको हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा पटक–पटक प्रधनमन्त्री भए पनि देश र जनताका लागि केही नगरेको आरोप लगाए । यस्तै, एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको ओलीले दाबी समेत गरे ।