२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्ताव माथी छलफल जारी



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध  पेश भएको अविश्वास प्रस्ताव माथी प्रदेश सभाको विशेष अधिवेशन छलफल सुरु भएको छ । छलफलको सुरुवातमा बोल्दै प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेलले प्रतिगमनको मतियार केन्द्रीय सरकारको समर्थनमा उभिएका कारण मुख्ममन्त्री बिरुद्ध अविश्वास प्रस्ताव पेश गरेको बताउनुभयो ।

उहाँले जनताको भाबना विपरित गएको कारण सरकारमा बस्ने बैधानिकता गुमाएको भन्दै उहाँले मुल्य र मान्यता बिपरित कुर्सीमा टासिएको आरोप लगाउनुभयो । मुख्यमन्त्री गुरुङ्ग बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले हस्ताक्षर गरि अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वास प्रस्ताव पारित हुन ३१ सदस्य आवश्यक पर्छ ।  ६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेसँग २७ सिट छ भने  घ सिट रहेको राष्टिज्ञय जनमोर्चा निर्णायक शक्तिका रुपमा रहेको छ ।  सुरु देखी मुख्यमन्त्री लाई साथ दिदै आएको जनमोर्चाले पछिल्लो दिनमा भने मुख्यमन्त्री गुरुङ्गलाई साथ नदिने संकेत गरेको छ । यसै  गरी गण्डकी प्रदेशमा जनता समाजबादीको २ सिट र स्वतन्त्र सांसद एक रहेका छन् ।