११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट

महिला मन्त्रीको बदनियतपूर्ण निर्णय, निर्णय एउटा कार्यान्वयन अर्को

समाजकल्याण परिषद्का सदस्य सचिवलाई मन्त्रालय तानियो

महिला मन्त्रीको बदनियतपूर्ण निर्णय, निर्णय एउटा कार्यान्वयन अर्को
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले समाज कल्याण परिषद्का कार्यकारी अधिकार प्राप्त सदस्य सचिवलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेका छन् ।

मन्त्रालयबाट पठाइएको पत्रमा मिति २०८० भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भनिएको छ । तर भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको निर्णय नम्बर १६ मा बाँके जिल्लाको नौबस्तास्थित कारागारको ब्लकमा बाल सुधार गृह स्थापना तथा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने उल्लेख छ ।

मन्त्रालयबाट सदस्य सचिव मनोज भट्टको नाममा जारी गरिएको पत्रमा “नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०।०५।०२९ को निर्णयअनुसार समाज कल्याण परिषद्का कार्यकारी अधिकार प्राप्त सदस्य सचिवको कामकारवाहीका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भई देहायबमोजिमको निर्णय भएको व्यहोरा अनुरोध छ”, भनिएको छ ।

पत्रमा “समाज कल्याण परिषद्का कार्यकारी अधिकारप्राप्त सदस्य सचिवबाट भएको भनिएको प्रशासनिक, आर्थिक एवं संघसंस्था सम्बन्धी परियोजनागत अनियमतिता, कमजोर कार्यसम्पमादन लगायतका विषयमा आवश्यक छानविन गरी रायसहितको प्रतिवेदन पेश गर्न पूर्वन्यायधीश श्री बाबुरामा रेग्मीको अध्यक्षतामा ३ सदस्यीय छानविन समिति गठन गर्ने र सो छनबिनलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढंगले अघि बढाउन छानबिन कार्य प्रारम्भ भई छानबिन कार्यको अन्तिम टुंगो नलागेसम्म परिषद्का सदस्य सचिव श्री मनोज भट्टलाई परिषद्को सदस्य सचिवको कार्य जिम्मेबारीबाट अलग गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा हाजिर गराउने” भन्ने निर्णय भएकाले तपाईं मिति २०८० असोज ७ गतेदेखि मन्त्रालयमा हाजिर हुन अनुरोध गरिन्छ ।

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को नियम २१ मा मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयबाट विभागीय रायसमेत राखी प्रस्ताव पेश गरेपछि मन्त्रिपरिषद्ले सो प्रस्तावमा छलफलपछि मात्रै निर्णय गर्ने व्यवस्था छ । यस प्रावधान र व्यवस्थाअनुसार मन्त्रालयबाट मन्त्रिपरिषद्मा कुनै पनि प्रस्ताव गएको छैन ।

यदि प्रस्ताव गोप्यरुपमा लगिएको हो भने मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि प्रस्ताव लैजाने मन्त्रीकै अध्यक्षतामा समाज कल्याण परिषद्को बोर्ड बैठक बसी विषेश निर्णय गर्नु र तिनै भट्टलाई सदस्य सचिव मानेर सामाजिक सेवा दिवस मनाउनु प्रक्रिया र नियम विपरित ठहर्छ ।

मन्त्रिपरिषद्को निर्णय भन्दै असोज ५ गते सदस्य सचिव भट्टलाई मन्त्रालयमा हाजिर हुने निर्णय गरेका मन्त्री आचार्यले सोही दिन परिषद्को बैठक राखी विशेष निर्णय गराएका छन् । त्यसैगरी ६ गते सामाजिक सेवा दिवसमा आयोजित कार्यक्रममा पनि भट्टलाई सदस्य सचिवकै रुपमा काम गराएका छन् ।

असोज ५ गते नै सदस्य सचिव भट्टको स्थानमा मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेलाई नियुक्त गरेका मन्त्री आचार्यले आफू अनुकूलका निर्णय भने भट्टमार्फत नै गराएका छन् । यसबाट उनको बदनियत स्पष्ट भएको हो ।

परिषद्का वरिष्ठ कर्मचारीका अनुसार मन्त्री आचार्यले पदभार सम्हाले लगत्तै सदस्य सचिवलाई राजीनामा दिन दबाब दिएका थिए । भट्टले आफूलाई सरकारले नियुक्त गरेकाले सरकारले बर्खास्त नगरेसम्म काम गरिरहने भन्दै मन्त्रीका स्वार्थ केन्द्रीत योजनाहरु अघि बढ्न नदिएपछि मन्त्रीले मन्त्रिपरिषद्ले निर्णय नै नगरेको परिषद्का एक कर्मचारीले बताए ।

कोप २८ नजिकिँदै गर्दा सोही बहानामा गैरसरकारी संस्थाहरुबाट विभिन्न किसिमका सहयोग लिन मन्त्रीले चलखेल सुरु गरेको परिषद् स्रोत बताउँछ । यसअघि पूर्वमन्त्री उमा रेग्मी अधिकारीले गैरसरकारी संस्थालाई दबाब दिएर आफ्ना छोरा बुहारीलाई कप २७ मा सहभागी गराउन सफल भएकी थिइन् । अहिले पनि अनावश्यक चलखेल मन्त्रीबाट नै सुरु भएको परिषद् स्रोत बताउँछ ।