३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्वयम्भूका पुनर्निर्मित एकीकृत आवास हस्तान्तरण

स्वयम्भूका पुनर्निर्मित एकीकृत आवास हस्तान्तरण
अ+ अ-

काठमाडौँ । स्वयम्भू चैत्य परिसरका १७ वटा आवासीय घर पुननिर्माणपछि बुद्धाचार्य परिवारलाई हस्तान्तरण गरिएको छ । कोविड संक्रमणका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै बैशाख १३ गते आयोजना गरिएको एक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घरहरुको एकीकृत नक्सासहित आवास हस्तान्तरण गर्नुभएको हो।

यस्तै संघीय संसद सदस्य जीवनराम श्रेष्ठ र प्रमुख शाक्यले संयुक्त रुपमा कर्मराज विहारमा स्थापना गरिएको शिलापत्र अनावरण गर्नुभएको थियो । स्वयम्भू परिसरमा रहेका काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको आवास २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । 

काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा वडाध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा गठित स्वयम्भू पुनर्निर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण सम्पन्न गरेको हो । पुननिर्माणका लागि करीव १७ करोड लागत अनुमान गरिएको थियो । जसमध्ये १३ करोड ५३ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न भएको हो ।  लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले सुखावती फाउन्डेसनमार्फत व्यहोर्नु भएको हो । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो ।
  
पुननिर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो । नक्सा हस्तान्तरणपछि बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, प्रतिकुल समयको चुनौती सामना गर्दै पुननिर्माण सम्पन्न भएको शुभ अवसरले हौसला बढेको बताउनुभयो । ‘अहिले राजधानीमा कुनै जीर्ण सम्पदा पुनर्निर्माण गर्न थाल्यो कि विरोध गरिहाल्ने, उजुरबाजुरतिर लागिहाल्ने समूह सक्रिय भइहाल्छ । यहाँका पुजारी आवास पुननिर्माण गर्ने क्रममा काम रोक्न उजुर नपरेको होइन ।

तर राम्रो काम रोकिनु हुँदैन भनेर हामीले नियमितता दियौँ ।’ शाक्यले भन्नुभयो, ‘यसैको परिणाम आज विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक स्थलमा विहार र पुजारी परिवारको घर पुनर्निर्माण सम्पन्न भएको छ । तत्कालीन प्रतिकुलतालाई अनुकुलतामा बदल्न धेरै पक्षको सहयोग छ । यसबाट हामीले बुझ्नु पर्छ, हामी मिल्यौँ भने चुनौतीपूर्ण काम पनि सम्पन्न गर्न सकिन्छ । यदि आपसी विवादमा अल्झियौँ भने सजिला काम पनि अधुरै रहन्छन् ।’

स्वयम्भूलाई ‘मंकी टेम्पल’ भनेर प्रचार गरियो । यो स्वयम्भू हो । यही नामबाट चर्चा गर्नुपर्छ । कार्यक्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले, यसप्रति संवेदनशील हुन सबैमा आग्रह गर्नुभयो । ‘योजनामा जनप्रतिनिधिहरूविच समान बुझाइ र साझा मत भयो भयो जटिल काम सजिलै सम्पन्न हुन्छ । स्वयम्भू पुननिर्माणको सन्देश यही हो ।’ संसद श्रेष्ठको भनाइ थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडाँैकोमा मावन बस्ती विकासलाई पोखरी सभ्यतासँग जोड्दै यहाँका पोखरीलाई तराईका माछा पाल्न बनाइएका पोखरीसँग तुलना नगर्न आग्रह गर्नुभयो । ‘यसको महत्व हामीले बुझेनौँ भने कसले बुझ्न सक्छ? हामीले यिनीहरुको संरक्षण गरेनौँ भने कसले गर्न सक्छ? उहाँको सोधाइ थियो । 

हरेक जटिल समस्याको समाधानका लागि जनप्रतिनिधिले नेतृत्व लिने अरुले सहयोग गर्ने हो भने जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ । समारोहमा बोल्दै पुनर्निर्माण समितिका अध्यक्ष एवं वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले, महानगर, पुरातत्व विभाग, वडा समिति, उपभोक्ता समिति, दाता र वुद्धाचार्य परिवारको आपसी समन्वय र एकताबाट मात्र पुननिर्माण सम्भव भएको बताउनुभयो । पुननिर्माणमा अपनाइएको हाउस पुलिङ विधि अन्य ठाउँका लागि सिकाइ हो । हामीले यहाँबाट समृद्धि सम्भव छ तर मिल्नु पर्छ भन्ने सन्देश दिन खोजेका छौँ । 

पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले हाउस पुलिङ विधिबाट गरिएको यो निर्माण कार्य सिकाइ हुने दावी गर्नुभयो । स्वयम्भूमा धेरै बोझ हुने कार्य गर्नुभएन भन्ने जर्मनहरूको सुझावलाई कदर गर्दै पुरातत्व विभागले ३५ फिटको सट्टा २७ फिट अग्ला मात्रै घर बनाउन पाइने नियम बनाएको थियो ।  पुननिर्माण गर्दा यो नियमलाई पूर्ण पालना गरेको देखियो । दाहालको भनाइ थियो । 

कर्मपा थिन्ले थाय दोर्जेले कार्यक्रमका लागि पठाउनु भएको अडियो सन्देश कार्यक्रममा सुनाइएको थियो । उहाँ अहिले भारतको नयाँ दिल्लीमा हुनुहुन्छ । कार्यक्रममा विहारका प्रतिनिधि स्याब्चु रिम्पोचेले कर्मपा विहारको ऐतिहासिक पृष्ठभूमिका बारेमा चर्चा गर्नुभएको थियो । यसै गरी उपभोक्ता समितिका संयोजक ईश्वरमान बुद्धाचार्यले, पुननिर्माण आफ्ना लागि धेरै ठूलो उपलब्धी भएको उल्लेख गर्नुभएको थियो ।