६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैनः पूर्वअर्थमन्त्री पौडेल

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैनः पूर्वअर्थमन्त्री पौडेल
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोभिड लगायतका समस्या नहुँदा पनि अर्थतन्त्रमा कसरी समस्या आयो । बैंकमा तरलता छ । विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको छ । भनेर नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात,माग,सप्लाई र रोजगारी पनि छैन । अफ्ठ्यारो अवस्थामा अर्थतन्त्र लयमा थियो र अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ । समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन ।

वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन । सरकारले जतिसुकै कुरा र प्रयास गरेपनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न सक्दैन । देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्न सक्दैन । निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र दिएर व्यवसायीका समस्या समाधान हुने आशा नगर्दा हुन्छ । ध्यानाकर्षणको फेज पूरा भइसक्यो । सशत्त दबाब सडक,सदनबाट निर्णायक दबाब नदिई वर्तमान सरकारले समस्या समाधान थाहा पाउँदैन । समाधानको लागि कुनै निर्णय गर्दैन ।’

उहाँले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताउनु भयो । उहाँले उत्पादन,आयात, निर्यात,माग,सप्लाई र रोजगारी समेत नभएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।