२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैनः पूर्वअर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोभिड लगायतका समस्या नहुँदा पनि अर्थतन्त्रमा कसरी समस्या आयो । बैंकमा तरलता छ । विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको छ । भनेर नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात,माग,सप्लाई र रोजगारी पनि छैन । अफ्ठ्यारो अवस्थामा अर्थतन्त्र लयमा थियो र अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ । समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन ।

वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन । सरकारले जतिसुकै कुरा र प्रयास गरेपनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न सक्दैन । देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्न सक्दैन । निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र दिएर व्यवसायीका समस्या समाधान हुने आशा नगर्दा हुन्छ । ध्यानाकर्षणको फेज पूरा भइसक्यो । सशत्त दबाब सडक,सदनबाट निर्णायक दबाब नदिई वर्तमान सरकारले समस्या समाधान थाहा पाउँदैन । समाधानको लागि कुनै निर्णय गर्दैन ।’

उहाँले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताउनु भयो । उहाँले उत्पादन,आयात, निर्यात,माग,सप्लाई र रोजगारी समेत नभएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।