• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   साँच्चीकै कुन ठाउँमा छ ‘पञ्चायत’को फुलेरा गाउँ ? ★   सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि: नि:शुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन ★   शाहिद–मीराले मुम्बईमा ६० करोडको नयाँ घर किने ★   बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन ★   दिल्लीका यी ब्याट्सम्यानले बनाए आईपीएलभर मात्र ३ रन, हरेक रनको मूल्य २.४ करोड ★   सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त ★   हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन् ★   सार्कको गतिरोध राजनैतिक नै हो, राजनैतिक संवादबाट मात्र अन्त्य गर्न सकिन्छ: केके अग्रवाल ★   कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र ★   सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन: मेयर साह



काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारस्ँग आग्रह गर्नुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डा. दासलाई झैँ सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताउनु भयो । उहाँले एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौं महानगरपाकिलाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरण मुल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मुल सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेष गरी डाक्टर साव, नर्स, स्वास्थ्यकर्मीहरु, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउनसक्ने प्रेरणा जाओस् ।’

‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरु बाहिँरिँदै जाँदै हुनुहुन्छ, उहाँहरुको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारिताका साथ गर्न काममा निरन्तरता दिन कुनैपनि तन्त्रले केही फरक नपर्ने रेहछ ।’

मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भयो ।