३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एसओएस बालग्रामका बालबालिकालाई कोभिडबाट जोगाउन थप तयारी

एसओएस बालग्रामका बालबालिकालाई कोभिडबाट जोगाउन थप तयारी
अ+ अ-

भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ को नयाँ भेरियण्ट संक्रमणबाट वालग्राममा आश्रीत वालवालिकालाई बचाउन एसओएस वालग्राम नेपालले विभिन्न उपाय अवलम्वन गरेको छ ।

एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माका अनुसार मुलुकभर रहेका १० वटा वालग्राममा रहेका १ हजार २६० जना वालवालिकाको स्वास्थ्य सुरक्षाका लागि वालग्रामले स्वास्थ्य सुरक्षा सचेतना अपनाउनुको साथै संरक्षणमा रहेका वालवालिकालाई कोभिड संक्रमण भएमा आइसोलेशनको लागि हरेक वालग्राममा छोरा र छोरीका लागि २ वटा अलग कोठाको व्यवस्था गरेकोे छ । साथै हरेक वालग्राममा स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । 

हाल भक्तपुरको सानोठिमी, बनेपा, जोरपाटी, पोखरामा रामबजार र छोरेपाटन, भरतपुर, भैरहवा, सुर्खेत र धनगढिमा गरी १० वटा वालग्राम सञ्चालनमा रहेको छन् भने ती वालग्राममा १ हजार २६० जना वालवालिकाका संरक्षणमा छन् । 

वालग्रामद्वारा सञ्चालित हर्मन माइनर विद्यालय भएको ठाउँमा भने विद्यालयलाई नै अस्थायी आइसोलेशन कक्ष बनाउने तयारी गरिएको छ । तर सो आइसोलेशनमा वालग्राम बाहेक वाहिरी संक्रमित बस्न पाउने छैनन् ।

वालग्रामका वालवालिकाको स्वास्थ्यमा थप जटिलता देखिएमा वालग्राम नजिकको अस्पतालसंग समन्वय गरि तत्काल थप उपचारको लागि लैजान वालग्रामको सवारी साधनलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको पनि वालग्रामका राष्ट्रिय निर्देशक शर्माले बताउनुभयो । 

सरकारले कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै यही बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकालगायत देशका मुख्य शहरहरुमा लकडाउन गर्ने घोषणा गर्नुअघि नै एसओएस वालग्रामले आफ्ना वालवालिकाको स्वास्थ्यलाई ख्यालमा राखि १० वटै वालग्रामभित्र वाहिरी आगन्तुक र पाहुनाको आवागमनमा समेत रोक लगाईसकेको छ भने वालग्रामबाट वालवालिकालाई वाहिर आउन जान समेत रोक लगाईसकेको छ ।

यसैगरी, वालग्रामद्वारा सञ्चालित हर्मन माइनर विद्यालयले भौतिक रुपमा विद्यालय बन्द गरेको एक साता भईसकेको छ भने अनलाईन विधिबाट अन्तिम परिक्षा लिने काम सकिसकेको र यसै हप्ता अनलाइनबाटै परिक्षाफल प्रकाशित गरिने तयारी भईरहेको एसओएस वालग्राम सानोथिमीका निर्देशक खगेन्द्र नेपालले बताउनुभयो ।

लकडाउन अवधिमा वालग्रामका वालवालिकाहरुलाई नियमित खेलकूद, योगा, ध्यान, हस्तकला, चित्रकला, लेखन तथा पाठ्यक्रम बाहिरका पुस्तक अध्ययनको व्यवस्था समेत मिलाइएको छ । ‘सबै वालवालिकाको लागि मायालु घर’को रुपमा परिचित एसओएस वालग्रामले विगत ५० वर्षदेखि आफ्नो जन्म दिने बाबुआमा गुमाएका वालवालिकालाई उचित स्याहार, संरक्षण, रेखदेख र गुणस्तरीय शिक्षादिक्षाको साथै सक्षम भएपछि उनीहरुलाई समाजमा पुर्नस्थापना गर्ने काम गर्दै आएको छ ।