२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्जीको लतबाट छुटकारा पाउन छोरालाई दिए राइफल, जिते स्वर्ण



अ+ अ-

एजेन्सी । एसियाली खेलकुद २०२३ मा भारतले सुटिङमा पहिलो स्वर्ण पदक जित्यो । चीनको हाङ्झाउमा भएको १० मिटर एयर राइफल टिम सुटिङ इभेन्टमा दिव्यांश सिंह पनवार, ऐश्वर्या प्रताप सिंह र रुद्राङ्क पाटिलले १८९३.७ स्कोर गर्दै स्वर्ण पदक जिते ।

यो स्वर्ण पदक विजेता शूटर टोलीका सदस्य दिव्यांश जयपुरका निवासी हुन् । दिव्यांशका बुबा अशोक पनवार जयपुरको सवाई मानसिंह मेडिकल कलेजमा वरिष्ठ नर्सिङ स्टाफको रूपमा काम गर्छन् । आमा निर्मला देवी पनि नर्स हुन् ।

दिव्यांशका पिता अशोक पनवारले भने, ‘केही वर्ष पहिले दिव्यांशलाई अनलाइन गेम पब्जी खेल्ने लत लागेको थियो । यसबाट छुटकारा पाउन दिव्यांशलाई दिदी मानवसँगै जगतपुरा सुटिङ रेन्जमा पठाए र उनलाई राइफल दिइयो ।

स्वर्ण पदक जितेपछि दिव्यांशले भने, ‘हामीले भारतका लागि पहिलो स्वर्ण जितेको थाहा पाउने बित्तिकै खुशीको सीमा रहेन । राष्ट्रिय गान बजाउँदा कस्तो अनुभूति हुन्छ, त्यो वर्णन गर्न सकिँदैन । भोलि हामी मिश्रित खेल खेल्नेछौं । हामी भारतका लागि अर्को पदक ल्याउने प्रयास गर्नेछौं ।’

दिव्यांशको प्रारम्भिक प्रशिक्षण जयपुरमै भएको थियो । यसपछि दिव्यांशलाई प्रशिक्षणका लागि दिल्लीको कर्णी सिंह सुटिङ रेन्जमा प्रशिक्षक दीपक कुमार दुबेसँग पठाइएको थियो । दिव्यांशले जुनियर विश्व सुटिङ च्याम्पियनसिप र ​​जुनियर विश्वकपमा दुई स्वर्णसहित तीन पदक जितेका छन् । उनले २०१८ को जुनियर विश्व च्याम्पियनसिपमा मिक्स इभेन्टमा कास्य पदक जितेका थिए । जबकि विश्वकपमा दुई स्वर्ण जितेका थिए ।

बुबा अशोक पन्वारले भने – ‘दिव्यांश सुरुदेखि नै धार्मिक गतिविधिमा विश्वास गर्छन् । यसअघि उनी अभ्यासका क्रममा प्रायः दुःखी हुने गरेका थिए । उनका प्रशिक्षक दीपक कुमार दुबेले यो कुरा याद गरे । उनले दिव्यांशलाई गीता पढ्न दिए ताकि उसले आफ्नो लक्ष्यमा ध्यान दिन सकून् । उनले दिव्यांशलाई गीता नियमित पढ्न सल्लाह दिए । त्यसयता दिव्यांशले गीतालाई सधैं आफूसँग राख्छन् । शुटिङ र अभ्यासमा समय मिल्दा दिव्यांशले गीता पढ्छन् ।’

दिव्यांशले सन् २०१९ को आईएसएसएफ विश्वकपमा ६ पदक जितेका थिए । जसमा चार स्वर्ण, एक रजत र एक कास्य पदक रहेका छन् । उनले व्यक्तिगत १० मिटर एयर राइफलमा स्वर्ण र एक रजत जिते । मिक्स डबल्समा उनले ३ स्वर्ण र १ कास्य जितेका थिए ।