२२ असार २०८३, सोमबार
,
Latest
बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भयावह बन्दै कोरोना संक्रमण, मंगलवार ४ हजारबढी संक्रमित थपिए



अ+ अ-

काठमाडौं । नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र १६० जनाको एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने मृत्यु संख्या ३ हजार १९४ पुगेको छ । हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भएका छन् । 

थपिएकामध्ये काठमाडौँ उपत्यकामा १९६६ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।