२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, चार मन्त्री नियुक्त



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारमा आज थप चार मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार चार मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

योसँगै, मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री गरी कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री कार्कीले खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारीलाई नियुक्त गरेका छन् । उस्तै, उनले रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

कार्कीले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । उनले मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । यसअघि मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए ।

संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।