२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत शिक्षकका प्रतिनिधिले पनि सहमति गर्नुभएको हो : कार्यवाहक प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको बताउनुभएको छ ।

दुई दिनअघि सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भए पनि उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।

महासंघको नेतृत्वमा भएको आन्दोलनसँग सम्बन्धित शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको कावा प्रधानमन्त्री खड्काले बताउनुभयो ।

राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी उपसभापति खड्काले भन्नुभयो, “तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यहीअनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’

उहाँका अनुसार सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने छ ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले प्रदर्शनलाई जारी राखेका छन् । उनीहरले सोमबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।