१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी



अ+ अ-

बेइजिङ । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्नुभएको सो समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँ समुदायका नागरिकहरू पनि सहभागी हुनुभएको थियो ।

राजदूत श्रेष्ठले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको महत्त्वलाई बुझेर आफूले सो सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गरिरहेको बताउनुभएको थियो । उहाँले चीनले पछिल्ला दशकहरूमा गरिरहेको अद्वितीय विकास र प्रगतिको मोडलबाट सिकेर उसको समृद्धिबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । रासस