४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी



अ+ अ-

बेइजिङ । मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्नुभएको सो समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँ समुदायका नागरिकहरू पनि सहभागी हुनुभएको थियो ।

राजदूत श्रेष्ठले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको महत्त्वलाई बुझेर आफूले सो सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गरिरहेको बताउनुभएको थियो । उहाँले चीनले पछिल्ला दशकहरूमा गरिरहेको अद्वितीय विकास र प्रगतिको मोडलबाट सिकेर उसको समृद्धिबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । रासस