५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

सुन तस्करी प्रकरणमा आज साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

सुन तस्करी प्रकरणमा आज साँझसम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग
फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरुका बीचमा छलफल भएको छ ।

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो ।

छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, एमालेका सचेतक महेश बर्तौला र नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको उपस्थिति रहेको थियो । गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका बीचमा सुन तस्करीबारे छानबिन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो । यद्यपी आजको दिनसम्म आयोग बन्न सकेको छैन ।

आयोग बनाउने सम्बन्धमा बल्ल राजनीतिक दलहरुले छलफल शुरु गरेका छन् । छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको अनुसन्धान सरकारी निकायले गरेको भन्दै सोही अनुसन्धानलाई आधार मानेर थप अनुसन्धान गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । शुन्य स्थितिबाट अनुसन्धान शुरु गर्दा अनुसन्धान, छानबिनकै लागि गठित सरकारी संयन्त्रको अस्तित्व नै समाप्त हुने भएकाले सिआइबिको अनुसन्धानलाई आधार मान्दै थप अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ । आयोगको नाममा स्थायी सरकारी संयन्त्रलाई कमजोर बनाउनु नहुनेमा आफूहरुको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सुन तस्करीलाई नियन्त्रण गर्नका लागि मौजुदा कानूनमा के–कस्तो परिमार्जन गर्नुपर्छ त्यो परिमार्जन गर्ने कुरा सिफारिस गर्ने आयोगले । अहिलेको संरचनाहरुमा के–कस्तो सुधार गर्नुपर्छ सुधार गर्ने । अहिलेसम्म जे जति अनुसन्धान, छानबिनहरु भएका छन्, त्यसको माथि पनि अध्ययन गर्ने र त्यो अध्ययनलाई पनि हेरेर त्यसलाई प्रतिवेदन दिने भन्ने मुल आशय हो । भदौ ६ गतेको आशय यही हो । केही घटनाहरुमा सिआइबिले अनुसन्धान गरिसकेको छ । त्यो अनुसन्धान भइसकेको छ । त्यो अनुसन्धानलाई शुन्यमा नसोचौँ ।

त्यो छानबिनको प्रतिवेदन पनि अध्ययन गरेर त्यसमा कमी, कमजोरी छन् भने थप अनुसन्धान गरौँ तर राज्यका स्थायी संयन्त्रले गरेका अनुसन्धान केही पनि होइन, सबै नयाँ किसिमले गरौँ भन्यो भने राज्यका स्थायी संस्थाहरुको काम गर्ने कुरा समाप्त हुन्छ । राज्यका स्थायी रुपले छानबिन, अध्ययन, अनुसन्धान गर्ने निकायले पनि गरेकै छन् । त्यसका माथि पनि आवश्यकता अनुसार थप छानबिन गर्नुपर्ने छ भने छानबिन गरेर जाऔँ भन्ने आशयमा छलफल भएको छ । फेरि शुरुबाट गर्ने होइन कि भएको अनुसन्धान, छानबिनमा उभिएर त्यसमा थप अरु के कुरा गर्नुपर्ने छ । कमजोरी छ भने थप गरेर जाऔँ भनेका छौँ । एमालेको भनाई अहिलेसम्म केही भएको छैन शुन्य छ भनिएको आशय देखिएको । त्यसो गर्दा निरन्तर काम गर्ने अंग कमजोर हुन्छ ।’

छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करीको प्रकृति, दायरा, परिमाण र संलग्न व्यक्तिहरुका बारेमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्ने आयोग बन्नुपर्ने बताउँदै कार्यादेश प्रष्ट रुपमा बनाउनुपर्ने बताउनु भयो । उहाँले आयोगको काम, कर्तव्य र अधिकारमा स्पष्टता हुनुपर्ने बताउनु भयो । उहाँले आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो राज्यका निकायबाट गरिएका अनुसन्धान आफ्नो तहबाट होला । कति गर्‍यो, गरेन त्यो आफ्नो पाटो छ । हामी जब आयोगको तहबाट कुरा गर्छौ भने आयोगले गर्ने काम के हुनुपर्छ भने सुन तस्करसँग जोडिएको त्यसको प्रकृति, दायरा, परिमाण के हो ? संलग्न व्यक्ति को हुन् ? तिनका बारेमा स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन र अध्ययन, अनुसन्धान गर्ने । र त्यो बारेमा सरकारलाई प्रतिवेदन पेश गर्ने हो ।

त्यो पेश भएपछि प्रतिवेदन बमोजिम राज्यको निकायबाट अभियोजनको माध्यमबाट कारबाहीको प्रक्रिया अगाडी बढ्छ । यति माग गरेका हौँ हामीले । यसैका लागि आयोग बनाएको कारणले गर्दा यो कुरा प्रष्ट कार्यादेश बनाऔँ । काम, कर्तव्य, अधिकारमा यो समावेश गराऔँ भन्ने कुरा गर्दा सरकारले असजिलो, गाह्रो मान्नुपर्ने कुरा छ र ? हामी के भन्दैछौँ भने शक्तिशाली आयोग हो यो । अदालत स्व सरहको काम गर्न सक्ने आयोग हो यो । ऐनले त्यो भन्छ । कार्यादेश पनि प्रष्ट सँगले काम गर्न सकिने आधार दिऔँ ।’

उहाँले आयोग बनाउने सम्झौता कार्यान्वयन गर्न सरकार तयार नभएको बताउनु भयो । यद्यपी छलफल भने शुरु भएको भन्दै बाँकी छलफलहरु पनि हुँदै जाने बताउनु भयो । उहाँले एमालेले आजै (आईतवार) साँझसम्म आयोगको घोषणा गर्न पनि आफूहरुले आग्रह गरेको बताउनु भयो ।