२२ मंसिर २०८२, सोमबार
,
Latest
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाउनुभएको हो ।

अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन हुनुभएको हो । उहाँले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गर्नुभयो । उहाँले माओवादीबाट नेपाली सेनामा आएकाहरुलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रुपले काखि पनि च्याप्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुनै नजिर आजसम्म थिएन नेपाली सेनामा यसरी राजनीतिककरण गरिएको । यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दाखेरी उहाँ सहायक रथी हुनुहुन्थ्यो प्रक्रियाबाट केही आपत्ति थिएन । माओवादी पृष्ठभुमिबाट आएको जो समायोजन भएका छन् नेपाली सेनामा उनीहरुलाई पक्षपात गरिनु हुँदैन । तर पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरुलाई विशेष रुपले काखि च्याप्ने काम गरेर सेनामा अरुको मनोबल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन । रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ ।’

उहाँले दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उहाँको भनाई छ ।