५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिया योञ्जनलाई ‘आईभिएलपी इम्प्याक्ट’ अवार्ड



अ+ अ-

काठमाडौँ । मेलुङ स्टोरिज नामक परियोजनामा मानिसहरूलाई कसरी आफ्नो जीवनको कथा प्रस्तुत गर्ने र आफूलाई आफू जस्तो बनाउने अनुभवहरू कैद गर्न सिकाउने कार्यशालाको नेतृत्व गरेवापत दिया योञ्जनलाई ‘आईभिएलपी इम्प्याक्ट अवार्ड २०२३’ प्रदान गरिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार मेलुङ स्टोरिज परियोजना नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यकका कथाहरूलाई कथा बाचनको माध्यमबाट प्रस्तुत गर्न र अभिलेख राख्न केन्द्रित छ।

पाँच महिना लामो उक्त कार्यशालाले युवा क्वेयर कथाकारहरूलाई उनीहरूको कथा प्रस्तुती कौशल सुधार गर्न र उनीहरूको व्यक्तिगत कथाहरू बाहिर ल्याउन मद्दत गर्दछ।

मेलुङ नाम एम्बरको तामाङ शब्दबाट आएको भन्दै राजदूतावासले यसले कथा वाचन कलामार्फत दैनिक जीवनको सार कायम गर्ने उद्देश्य राख्ने बताएको छ ।