३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

१२५ महिला बेचिनबाट जोगिए

१२५ महिला बेचिनबाट जोगिए
अ+ अ-

कञ्चनपुर । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताउनुभयो । उहाँका अनुसार भारतमा रोजगारी र विवाहको प्रलोभन दिएर दलालहरूले महिलालाई सीमानाकामा पु¥याउने गरेका छन् ।

“रोजागरी, विवाह र घुमघाम गर्ने प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा महिलालाई सीमानाकामा रोकथाम गरेका छौँ”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा प्रलोभनमा पारेर ल्याइएका ६५ महिलालाई सम्झाइबुझाइ गरेपछि जोखिममा परेको महसुस गरी घर फिर्ता भएका छन् ।” उहाँले भन्नुभयो, “सीमानाकामा रोकेर जोगिएका छन् । नत्र सीमापारि पुगेपछि बेचिनेबाहेक अन्य विकल्प नै हुँदैन ।”

सीमाबाट घर फर्काइएकामध्ये सबैभन्दा बढी दलित समुदायका छन् । संस्थाका अनुसार दलित समुदायका ५३ महिला छन् । यसैगरी अन्य ६० र जनजाति समुदायका १२ जना छन् । दलित र जनजाति समुदायमा गरिबी र अशिक्षाका कारण ती समुदायका महिला भारतमा बेच्न लैजाने गरेको संयोजक भट्टले बताउनुभयो । सीमा क्षेत्रबाट रोकथाम गरी घर फिर्ता गराइएकामध्ये ९० महिला सुदूरपश्चिम प्रदेशकै रहेका छन् । जसमध्ये कञ्चनपुरका ४१, बझाङका १० र कैलालीका १८ जना छन् ।

माइती नेपालले दुई महिनामा ११ हजार ५८४ जनालाई सीमानाकामा बेचबिखनसम्बन्धी परामर्श दिएको छ । सीमानाकामा ४१४ सवारी साधन जाँच गरी शङ्कास्पद व्यक्तिलाई सोधपुछ गरेको छ । संस्थाले ६५ जनालाई सीमानाकामा पराशर्म गरी सिधैँ घर फर्काएको छ । एक सय ३१ जनालाई पारिवारिक पुनःमिलन गरिएको छ । संस्थामा दर्ता गरिएका खोजतलासका ५५ निवेदनमध्ये ११ जना भेटिएका छन् । अन्यको अवस्था अज्ञात छ ।

महिलामाथि हुने घरेलु हिंसाका निवेदनसमेत संस्थामा आउने गरेका छन् । हालसम्म घरेलु हिंसाका ३४ निवेदन संस्थामा आएका छन् । त्यसमध्ये २८ निवेदन छलफल गरी हल गरिएका छन् । अधिकांश घरेलु हिंसाका घटना सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगका कारण हुने गरेको देखिएको संयोजक भट्टको भनाइ छ । संस्थाको सहयोगमा अदालतमा १० वटा जबर्जस्ती करणीका मुद्दा दर्ता गरिएका छन् । यसैगरी भारतमा महिलालाई बेच्न लैजाने दलालविरुद्ध दुई मुद्दा दर्ता गरिएका छन् । माइती नेपालले यस अवधिमा भारतमा बेचिएका दुई जनाको उद्धार गरेको छ ।  

एक हप्ता बन्दाबन्दी

कोरोनाको सङ्क्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा एक साताका लागि लकडाउन ९बन्दाबन्दी० गर्ने निर्णय गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलबार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमाहल, पार्टीप्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, जिमखाना, खेलकूद, पुस्तकालय, सङ्ग्रहाय आदि सञ्चालन गर्नमा रोक लगाएको छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय बन्द गरिनेछन् । तरकारी, फलफूल, तथा खाद्य सामग्रीका पसल व्यवसाय जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गर्ने गरी बिहान ६ देखि ९ बजेसम्म सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएको छ । अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा स्थगन गरिएको छ । अत्यावश्यकीय वस्तु तथा सेवा (एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, इन्धन, खाना पकाउने ग्यास, दूध तथा दुग्धजन्य पदार्थ, औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा, अस्पताल जाने आउने बिरामीका लागि प्रयोग गर्ने सवारी साधन, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टर, क्वारेन्टिन, आइसेलेशन, फोहरमैला व्यवस्थापन लगायत) का ढुवानी तथा यातायात साधन सञ्चालन गर्न दिइने बैठकको निर्णय रहेको छ । यसबाहेकका अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन गर्नमा भने नपाइने निर्णय गरिएको छ । 

 सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्था एवं अत्यावश्यक काम तथा विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको सवारी पास लिई सवारी साधनको प्रयोग गर्न पाइने छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने ।

सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधरमा आवतजावत गर्न सकिने छ । विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिएर मात्र गर्न पाइनेछ । भारतबाट कञ्चनपुरको नाका हुँदै नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकका हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन, आइसोलेशनमा बस्नुपर्ने छ ।

जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थायनीय तहको समन्वयमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेउपर प्रचलित कानूनबमोजिम कारवाही हुनेछ ।