३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड
अ+ अ-

काठमाडौँ । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा जारी एशिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप)को ७७औँ बैठकमा अप्रत्यक्षरूपमा भाग लिँदै नेपालले समग्र मानव जाति सङ्कटमा रहेको वर्तमान अवस्थामा विश्वलाई एउटै समाज ठानेर सबै राष्ट्रहरूबीच सहयोग र साझेदारी अपरिहार्य भएकामा जोड दिइएको हो ।

बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले कोभिड–१९ को महामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव त्यसबाट व्यापार, पर्यटन र यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको बताउँदै त्यसलाई फैलिन नदिन नेपाल सरकारले अवलम्बन गरेका उपायहरूबारे जानकारी दिनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।

उपाध्यक्ष कँडेलले महामारीका कारण अति कम विकसित राष्ट्रहरूको विकासशील देशमा स्तरोन्नत हुने आकाङ्क्षामा तुषारापात गर्ने आशङ्का व्यक्त गर्दै नेपालले आफ्ना नागरिकको जीवनको रक्षा, स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरणका साथै अर्थतन्त्रको दिगोपना र उत्थानशील पुनःप्राप्तिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत तथा युएन इस्क्यापका लागि स्थायी नेपाली प्रतिनिधि गणेश ढकाल, परराष्ट्र मन्त्रालय र योजना आयोगका वरिष्ठ अधिकारी सहभागी हुनुभएको उक्त दूतावासले जनाएको छ ।