काठमाडौं । शरीरमा सोडियमको मात्रा कम देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।
प्रचण्डकी पत्नी दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । मंगलबार साँझ उहाँलाई अस्पताल भर्ना गरिएको हो ।
परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर नै रहेको छ ।











