३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आज रातो मच्छिन्द्रनाथको महास्नान

आज रातो मच्छिन्द्रनाथको महास्नान
अ+ अ-

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ ।

मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट आएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।” मुलुकमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कोरोना कहरलाई ध्यानमा राखी आफूहरुले महास्नानमा सहभागी मानिसलाई विशेष रुपमा स्वास्थ्य सावधानी अपनाउन सुझाव गरिरहेको वलीको भनाइ छ । 

महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “आजकै दिनमा रथ निर्माणका लागि पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बासमेत गाड्नेछन् ।” 

काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, यसैगरी पाटनमा पनि रातो मच्छिन्द्रनाथ रथजात्राको उत्तिनै ठूलो महत्व रहेको छ ।  

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ । 

रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो । 

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् । 

मच्छिन्द्रनाथ पूजा तथा रेखदेखका लागि ३१ पानेजु अर्थात् पुजारी गठन भइरहेका छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, करुणामय तथा लाकेश्वर अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भइरहेको बुझाइ छ । 
     
नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्लले पहिलोपटक रातो मच्छिन्द्रनाथको महास्नान गर्ने चलन चलाएका पाटनका सूर्यमान डङ्गोलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पूज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पुज्ने गर्छन् ।”

गत वर्ष कोरोनाका कारण गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर मच्छिन्द्रनाथको रथयात्रा गरी भोटो देखाउने काम भने हुन पाएन ।