५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी



अ+ अ-

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता जारी रहेको छ । वार्ता केही बेर अघिबाट सुरू भएको हो ।

सरकार र शिक्षकबीच आज बिहान ८ बजे नै वार्ता हुने भनेपनि दुबै पक्षको आन्तरिक तयारीका कारण वार्ता दिउँसोका लागि धकेलिएको थियो ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाइ सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ता टोली निर्देशन दिएका छन् ।कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले पनि आजको वार्ता निष्कर्षमा पुग्ने बताएका छन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पनि शिक्षकहरूको मागका विषयमा सरकार गम्भीर रहेकाले निष्कर्षमा पुग्ने बताएका छन् ।

सरकार र शिक्षकबीच बिहीबार पनि दुई चरणमा छलफल भएको थियो । तर, सरकारले पत्र नदिएकाले अनौपचारिक छलफल भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

गत बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ । उनीहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।