२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मकन्या बहुमुखी क्याम्पसले मनायो बार्षिकोत्सव



अ+ अ-

काठमाडौं । नेपालको नारी शिक्षामा बिशेष योगदान पुर्याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसले स्थापनाको ७३ औं बार्षिकोत्सव शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

२००८ साल असोज १ गते स्थापना भएको क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा। डा। शिवलाल भुसालले शैक्षिक गुणस्तर उचो राख्नका लागि पद्मकन्याले खेलेको भूमिकाको स्मरण गर्दै क्याम्पसको उन्नतीमा सहयोग गर्न त्रिवि सधैं तयार रहेको बताए।

उनले बिपीएसजी, फेसन डिजाइन जस्ता नयाँ कार्यक्रम शुरु गरेकोमा पद्मकन्यालाई धन्यवाद दिदै क्याम्पसलाई यो अवस्थामा ल्याउन यस्ता छुट्टै पहिचान भएका कार्यक्रमले सहयोग गरेको उल्लेख गरे।

नयाँ युगको माग अनुसार क्याम्पसलाई डिजिटल युगमा लैजानुपर्नेमा जोड दिदैं शिक्षाध्यक्ष भुसालले क्याम्पसले शुरु गरेको ई–लाइब्रेरीले त्यसलाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक आवश्यकतालाई ध्यानमा राखी समयानुकुल सीपमूलक, बजारमुखी, जीविकोपार्जन शैक्षिक कार्यक्रम संचालनमा ल्याउने तयारी गरेको जानकारी गराइन् ।

डा। प्रधानले त्रिविबाट २०७४ साल वैशाख ७ गते पूर्ण स्वायत्त प्राप्त गरी मानित विश्वविद्यालयको रुपमा स्थापित हुने लक्ष्यका साथ क्याम्पस अगाडि बढिरहेको बताउँदै नयाँ शैक्षिक कार्यक्रम संचालनका लागि भौतिक संरचनाको काम अघि बढाउन लागिएको पनि जानकारी गराइन्।

कार्यक्रममा शिक्षाध्यक्ष डा. भुसालले पद्मकन्याबाट उच्च शिक्षा हासिल गरेका त्रिवि मानविकी संकायका डीन प्रा। डा। कुशम शाक्य र बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीलाई सम्मान गरेका थिए।

यसैगरी, क्याम्पसमा लामो समय सेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो। बार्षिकोत्सवका अवसरमा आयोजित खेलकूद प्रतियोगिताका विजयी प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।