५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सार्थक संवाद गर्ने हैसियत गुमाएको हो ? विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विद्यालय शिक्षा विधेयकलाई लिएर आन्लोलनरत शिक्षकहरुसँग सार्थक संवाद नगरेकामा सरकारको आलोचना गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग प्रश्न गर्नुभएको छ, “सरकारले आन्दोलनरत शिक्षक समुदायसँग सार्थक संवाद गर्ने र संवादबाट समाधान खोज्ने हैसियत गुमाएकै हो ? वार्ताका लागि सरकारले गरेको आह्वान अरण्य रोदन सावित भएकै हो ?”

उपाध्यक्ष पौडेलले कानून निर्माण गर्नुपूर्व सम्बन्धित समुदायलाई विश्वासमा लिने न्यूनतम कर्तव्य निर्वाह नगर्दा हुने त यस्तै नै हो भन्दै सहमति र समाधान खोज्ने संकल्पका साथ सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनुभएको छ ।