७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको दोस्रो लहरः युवावर्गको मृत्युदर पनि बढ्दो



अ+ अ-

काठमाडौं । नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा। अनुप बास्तोलाले बताए। ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन्। उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा. राजु पंगेनीले नागरिकलाई जानकारी दिए। अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए।

त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार चिकित्सक डा= सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ। तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन्। सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन्।  

यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा। बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ। नागरिक दैनिकमा छ ।