२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष बिहीन (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता शुरु गरेको छ ।

बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल शुरु गरेका हुन् । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष बिहीन भएको छ ।

वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनु भयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनु भयो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।